bluebell-technology
Technology Patner: Bardiya News

अटोरिक्सा चालक समिति बर्दियाको अध्यक्षमा रमेश

बर्दियान्यूज । अटोरिक्सा चालक समिति बर्दियाको जिल्ला अध्यक्ष पदमा रमेश कुमार गुप्ता (भुजुवा) चयन भएका छन् । शुक्रवार गुलरियामा आयोजित अटोरिक्सा चालकहरुको भेलाले अध्यक्षमा गुप्ता सहित १० जनाको कार्यसमिति र्निविरोध चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा असलम पठान, सचिव बलराम लोनिया, सहसचिव चेतराम तमोली, कोषाध्यक्ष लल्लन चमार र सह कोषाध्यक्षमा नरेश कुमार थारु चयन गरेको नवर्निवाचित अध्यक्ष गुप्ताले बताए । उनका अनुसार सदस्यहरुमा हरिपाल लोनिया, चुन्नु बञ्जारा, रमेश लोध, रामनाथ थारु र्निविरोध चयन भएका हुन् ।
नेपाल ट्रेड युनियनका केन्द्रिय प्रतिनिधि जग्गा पाण्डेको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । जिल्लामा रहेका अटोरिक्सा ब्यवसायीको हकहित संरक्षण गर्दै अटोरिक्सा दररेटमा एकरुपता तथा सुलभ गराउने प्रतिवद्धता अध्यक्ष गुप्ताले ब्यक्त गरे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

सम्पादक
कृष्ण प्रसाद बस्याल (राकेश)
९८४८०२५२३७
प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

Copyrighted Image

error: Content is protected By Bardiyanews!!