७ माघ २०८०, आईतवार

ताजा खबर

नेपाली धावक निमेशलाई चीनमा स्वर्ण

   २७ श्रावण २०७६, सोमबार ११:२० प्रकाशित

काठमाडौं । चीनको चान्दुकमा जारी वर्ल्ड पुलिस फायर गेम्समा नेपाली धावक निमेश गुरुङले दोस्रो स्वर्ण पदक जितेका छन् । आइतबार भएको १० किलोमिटरको क्रस कन्ट्रीमा निमेशले स्वर्ण जितेका हुन् । निमेशले स्वर्णका लागि सहभागी ६० देशमा ७० भन्दा बढी खेलाडीलाई पछि पारेका थिए ।
विश्वका विभिन्न देशका पुलिस र आर्मीका खेलाडीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा निमेशले सिंगापुर पुलिस फोर्सबाट सहभागिता जनाएपनि नेपाली पासपोर्ट भएकाले उनको परिचय नेपाल नै उल्लेख छ । उनले जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको हाफ म्याराथन (२१.५ किलोमिटर) मा पनि स्वर्ण जितेका थिए ।
क्रस कन्ट्रीमा भारतका खेलाडी दोस्रो र आयोजक चीनको खेलाडी तेस्रो भए । निमेशले दुई वर्षअघि अमेरिकाको लसएन्जलसमा भएको वल्ड पुलिस फायर गेम्समा पनि यी दुबै विधामा स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा उनले आगामी आइतबार १० हजार मिटर ट्रयाक एण्ड फिल्डमा पनि प्रतिस्पर्धा गर्ने छन् ।
सिंगापुर पुलिस फोर्समा कार्यरत निमेश सिंगापुरको घरेलु प्रतियोगितामा स्थापित धावक हुन्। सिंगापुरमा हुने प्रायः प्रतिस्पर्धा जितिसकेका उनले राष्ट्रिय च्याम्पियन खेलाडीलाई समेत नियमित रुपमा पराजित गर्दै आइरहेका छन् ।

अन्नपूर्ण पोस्ट् अनलाईनबाट …

78 Views
%d bloggers like this: