bluebell-technology
Technology Patner: Bardiya News

नेपाल प्रेस युनियनको महाधिवेशन मङ्सिरमा

काठमांडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।
युनियनले हालसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । युनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा रहेको महासचिव शिवाकोटीले जानकारी दिए ।
यसैगरी बैठकले युनियनको केन्द्रीय सल्लाहकारमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समीरजङ्ग शाह र वरिष्ठ पत्रकार कविर राणालाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले दुवै मिर्गौला फेल भई उपचाररत युनियनका ललितपुर शाखा संस्थापक अध्यक्ष बटुकृष्ण कार्कीको उपचारका लागि सक्दो सहयोग गर्न सबै शाखाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

सम्पादक
कृष्ण प्रसाद बस्याल (राकेश)
९८४८०२५२३७
प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

Copyrighted Image

error: Content is protected By Bardiyanews!!