७ माघ २०८०, आईतवार

ताजा खबर

पत्रकारको पारिश्रमिक महासंघले दिलाउने

   २७ श्रावण २०७६, सोमबार १६:४५ प्रकाशित

दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनि दिनु भएको छ । रिपोटर्स क्लव नेपाल दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक , नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनि दिनुभएको हो । उहाँले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी ठुला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताउनु भयो ।
श्रमजिवि पत्रकारहरुलाई अधिकार दिलाउनका लागी मिडीया हाउस वन्द भए पनी आन्दोलन नरोकिने प्रष्ट पार्नु भयो । रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै आचार्यले सरकारले ल्याउन लागेको प्रेस विरोधि विधेयक महासंघको आन्दोलनका कारण रोकिएको दावि गर्नु भयो । उहाँले पत्रकार महासंघ आफैमा आन्दोलनको नाम भएको भन्दै सरकारले ल्याउने प्रेस विरोधि कानुनलाई कहिल्यै नमान्ने दावि समेत गर्नु भयो ।
सत्तामा पुग्ने हरेक राजनितिक दलले प्रेस लाई कुन्ठीत गर्ने तथा प्रेस स्वतन्त्रता बिरोधि कानुन ल्याउन खोज्ने गरेको भन्दै त्यसका विरुद्ध सदैव लागि रहने बताउनु भयो । त्यसैगरि अध्यक्ष आचार्यले महासंघ अहिले सरकारका तिनै तहले ल्याउने प्रेस कानुका बारेमा लागि परेको भन्दै सवै तहले प्रेस मैत्रि कानुन ल्याउने बिश्वास समेत व्यक्त गर्नुभयो ।
त्यस्तैगरि कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको दावि गर्नुभयो । सरोकारवालाहरु संग समन्वय र सहकार्य नगरि ल्याउने जस्तो सुकै कानुन आफुहरुलाई मान्य नहुने उहाँको जिकिर रहेको थियो । महासंघ अहिले महासंघको भावि रणनिति ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भेटघाट र छलफलमा रहेको समेत दावि गर्नुभयो ।
साथै विष्टले महासंघले थालेको आन्दोलनका क्रममा देशभरिका पत्रकारहरु सडकमा आएर सफल बनाएको भन्दै धन्यबाद ब्यक्त गर्नुभयो । सो अवसरमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोेख्रेल ,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत विरु ,नेपाल पत्रकार महासंघका लेखा अधिकृत प्रकाश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रिपोटर्स क्लव नेपाल दाङका महासचिव बिमल गौतमले गर्नु भएको थियो ।

115 Views
%d bloggers like this: