७ माघ २०८०, आईतवार

ताजा खबर

बगलामुखी मन्दिर परिसर सरसफाई

   १४ भाद्र २०७६, शनिबार १२:४६ प्रकाशित

 

 

बर्दियान्युज, गुलरिया । बर्दिया सदरमुकाम गुलरिया स्थित बगलामुखी मन्दिर परिसरमा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरसफाई गरिएको छ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजलाई मध्यनजर गर्दै प्रहरीले देवालय परिसर सरसफाई गरेका हुन् ।

                              (बगलामुखी मन्दिर परिसरमा सरसफाई गर्दै प्रहरी तस्बिर ः शताब्दी आचार्य)
नजिकिँदै गरेको तिज पर्वका अवसरमा मन्दिरमा आउने भक्तजनहरुलाई मध्यनजर गरी बगलामुखी मन्दिर परिसर भित्र प्रहरी नायव उपरिक्षक रामशंकर कोहारको कमाण्डमा गएको टोलीले सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए । उनले भने सर्प प्रभावित क्षेत्र भएकाले पनि मन्दिर भित्र रहेका ठूला झाडी, वुट्यान सफाई गर्नु परेको हो । आवस्यकता हेरी जिल्लाका अन्य मठमन्दिरहरु पनि क्रमशः सरसफाई गरिने उनले जानकारी दिए ।


हरितालिका तिजका अवसरमा बर्दियाको गुलरियामा वगलामुखी, कोटही मन्दिर, ठाकुरद्वारा स्थित ठाकुरबाबा मन्दिर, बाँसगढी स्थित ओम् केदारेश्वर धाम र शिवमन्दिर, गुलरिया भन्सार रोड स्थित शिवमंदिर, राजापुर स्थित गणेश मन्दिर, खैरापुरको पर्वतिया र अर्धनारेश्वर मन्दिर, मधुवनको कुसुम्वादेवी मन्दिर, मैनापोखर स्थित शिवमन्दिर, बारबर्दिया स्थित शिवमन्दिरमा भक्तजनहरुको घुँईचो लाग्ने गरेको छ ।
प्रहरी समुदायको साझेदारीमा गरिएको मन्दिर परिसर सरसफाई कार्यले भक्तजनलाई राम्रो भएको स्थानिय निर्मला मैनालीले वताईन् । सरसफाईले विहानै पूजापाठका लागि मन्दिर आउने महिला भक्तजनहरुलाई सहज हुने उनको भनाई छ । प्रहरीको सहकार्यमा गरिएको मन्दिर परिसर सरसफाईले राम्रो सन्देश प्रवाह गरेको वगलामुखी मन्दिरका पुजारी डिल्लीप्रसाद उपाध्यायले बताए ।

83 Views
%d bloggers like this: