७ माघ २०८०, आईतवार

ताजा खबर

लागुऔषध नियन्त्रणमा सक्रियता बढाउँदै प्रहरी

   २४ कार्तिक २०७६, आईतवार ०९:०७ प्रकाशित

बर्दियान्यूज । प्रहरीले लागुऔषध ब्राउनसुगर सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियाको गस्ती टोलीले ब्राउनसुगर पुरिया बनाएर राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले गुलरिया नगरपालिका वार्ड नम्वर ७ भन्सार रोडबाट वडा नम्वर ५ कृष्णसार टोल बस्ने बर्ष २७ का रोजन पुरी र मधुवन नगरपालिका वार्ड नम्वर २ बस्ने बर्ष १९ का दिनेश नेपालीको साथबाट ५ पुरिया (४ ग्राम) ब्राउनसुगर भे ८ प ७८३ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए ।


साथै प्रहरीले गुलरिया नगरपालिका बार्ड नम्वर ८ बाट मधुवन नगरपालिका वार्ड नम्वर ६ बस्ने बर्ष २२ का सन्तोष थापा, बडा नम्वर ५ का १९ बर्षिय खगेन्द्र शाहीबाट १० पुरिया (१० ग्राम) ब्राउनसुगर तथा भे ७ प १७८ नम्वरको मोटरसाईकल, चक्कु, ९ हजार रुपैया नगद सहित पक्राउ गरेको निरिक्षक ओलीले जानकारी दिए । पक्राउ परेका चारै जना सहित बरामद सामाग्री उपर अनुसन्धान भैरहेको उनले बताए ।

242 Views
%d bloggers like this: