७ माघ २०८०, आईतवार

ताजा खबर

विप्लवका विद्यार्थी नेता बर्दियाबाट रिहा

   २७ श्रावण २०७६, सोमबार ०८:३८ प्रकाशित

यादव आचार्य
गुलरिया । विप्लव निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने बर्दियाबाट रिहा भएका छन् । सर्वोच्च अदालको फैसला आदेशपछि न्यौपाने रिहा भएका हुन् ।
गत फागुन महिनामा पक्राउ परेका न्यौपाने पटक(पटक पक्राउ पर्दै रिहाई हुँदै आएका थिए । बाँकेमा १० हजार धरौटी बुझाएका उनलाई लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरबाट पुन पक्राउ गरेको थियो ।
सर्वोच्च अदालको फैसला आदेशले शुक्रबार न्यौपानेको बर्दिया जिल्लाबाट रिहाई भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।
बाँके, बर्दियालगायत कैलालीका हिरासत तथा कारागारमा बन्दी रहेका अवस्थामा उनलाई गैरन्यायिक बन्दी बनाइएको भन्दै उनका भाइ दिपक न्यौपानेले साउन दोस्रो साता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।

साभार अन्नपूर्ण पोस्ट् अनलाईन …

88 Views
%d bloggers like this: