bluebell-technology
Technology Patner: Bardiya News

सरकारमा सुशासन पटक्कै छैन – कोईराला

चन्द्र ब.वि.क.
बर्दिया फागुन १२ गते
नेपाली कांग्रेसका नेता एवं महामन्त्री शेखर कोईरालाले सरकारमा सुशासन पटक्कै नभएको बताउनु भएको छ । उक्त कुरा उहाँले नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिकाको प्रथम नगर सम्मेलनमा बताउनु भएको हो ।

नेपाली कांग्रेस ठाकुरबाबा नगर कार्य समिति, बर्दियाको आयोजनामा गरिएको सो सम्मेलनमा बोल्नुहुँदै नेता कोईरालाले दुई तिहाईको बहुमत प्राप्त गरी बनेको अहिलेको सरकार सर्वसत्ता हुदै अधिनायकबाद तिर गईरहेको आरोप लगाउनुभयो । उहाँले नियन्त्रित प्रजातन्त्र र नियन्त्रित लोकतन्त्रमा देश अघि बढिरहेकोले यस बन्धनात्मक शासन नेपाली कांग्रेस लगायत कुनै नेपाली जनतालाई नै मान्य नभएको बताउनु भयो ।

सरकार गठन भए देखि अहिले सम्म भ्रष्टाचारले आकाश छोएको छ । अनुसन्धानका नाममा सरकारले हस्तक्षेप गरिरहेको छ, हरेक घटना क्रममा अख्तियार र सरकारको मिलेमतो देखिएको छ, यो हामी कसैलाई मान्य छैन्, पछिल्लो समयमा सरकारका मन्त्री विवादित बन्दै गएकाले नेतृत्वले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै नेपाली कांग्रेसलाई सुदृढ गर्ने जिम्मेवारी पनि हामी सवैको काधमा आएकोले नेपाली कांग्रेस कम्जोर भएमा लोकतन्त्र पनि कम्जोर हुने नेता कोईरालाले भन्नुभयो ।

सम्मेलनमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले बर्दिया नेपाली कांग्रेसको बाहुल्यता रहेको जिल्ला भएको दाबी गर्दै अहिले सरकारले आफुहरुलाई वेवास्था गरेको बताउनु भयो । प्रधानमन्त्रीले संचारमन्त्रि गोकुल बास्कोटाले घुस सेटिङ गरेको बारेमा आफुलाई थाहा नभएको बताउनु गलत हो, सरकारले कुरामा जति सुशासन देखाएपनि त्यो कुरामा मात्र समित रहने नेता थापाले प्रष्ट पार्नु भयो । साथै उहाँले आफ्ना नेताहरुले पनि धेरै गल्तीहरु गरेकाले अब सच्चिएर अघि बढनु पर्ने बताउदै नेपाली कांग्रेसका कार्यकर्तालाई सबैको घर दैलोमा जान आग्रह समेत गर्नुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनीधि सभा सांसद सञ्जय कुमार गौतमले वि.स २०३६ साल जनमत संग्रहको बेलामा वि.पी कोईराला आएर मलाई बर्दिया मन पर्छ भन्नु भएको थियो, धेरै पटक गिरिजा प्रसाद कोईरालाले पनि आफुलाई बर्दिया मनपर्ने बताउनु भएको कुरामा स्मरण गर्नु हुँदै बर्दियाले लामो समय सम्म राष्ट्रिय राजनितिको स्पर्श पाउन नसकेको बताउनु भयो । साथै उहाँले बर्दिया जिल्लामा हामीलाई कसैले पराजय गरेको होईन हामी हाम्रो कारणले पराजय भएका हौं भन्नु भयो । पछिल्लो समय देशमा भ्रष्टाचारका घटनाहरु बढिरहेकाले हरेक नेपालीको शिर निहुरिएको बताउनु भयो । उहाँले अहिलेको सरकारले ७० करोड घोटाला प्रकरण लगायतका ८३ अर्ब बराबर सम्मका घोटाला प्रकरण गरेको बताउँदै मुलुकलाई अर्बौ रुपैँया घोटाला गर्ने प्रपञ्च रचेको समेत आरोप लगाउँदै घोटाला प्रकरण प्रधानमन्त्रीलाई जानकारी भएपनि बेवास्था गरेकाले प्रधानमन्त्रीको तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

ठाकुरबाबा नगरपालिका नेपाली कांग्रेसका नगर सभापति दिपकराज तिमील्सिनाको सभापतित्वमा भएको उक्त सम्मेलनमा नेपाली कांग्रेस महासमिति सदस्य विद्याप्रसाद खनाल, पुर्व भुमि सुधार मन्त्री गोपाल दहित, दिपक गिरी र गुलरिया नगरपालिकाका उपप्रमुख सुशिला गिरी लगायतका बक्ताहरुले सरकारले भुकम्प पीडित सरह बाढी प्रभावितहरुलाई पनि राहत दिने निर्णय गरेपनि अहिलेसम्म बर्दियाका बाढि प्रभावितहरुले राहत रकम पाउन नसकेको अवस्थामा सरकारलाई उक्त रकम प्रदान गर्नका लागी पहल थाल्न आग्रह गर्ने बताउनु भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

बर्दिया न्युज

नेपाली भाषाको यो न्युजपोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई सबै सामु राख्ने जमर्काे गर्दछ l

हाम्रो टीम

प्रबिधि / संवाददाता
प्रशान्त टण्डन क्षेत्री
९८५८०२०१००

सम्पर्क

बर्दिया न्युज नेटर्वक प्रा.लि द्वारा संचालित
बर्दिया न्युज डट कम
गुलरिया – ६, बर्दिया
समाचारको लागिः
[email protected]
बिज्ञापनको लागिः
[email protected]
दर्ता नम्बरः २१५९२१/७५/०७६

Copyright © 2019 bardiyanews. All rights reserved​

[email protected]

error: Content is protected By Bardiyanews!!