७ माघ २०८०, आईतवार

ताजा खबर

गुलरियामा पैगम्वरको जन्मोत्सव मनाउने तयारी

   २२ कार्तिक २०७६, शुक्रबार १७:२२ प्रकाशित

बर्दियान्यूज । बर्दियाको सदरमुकाम गुलरिया बजारमा पैगम्बर (दुत) हजरत मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमको १४९४ औं जन्मोत्सव भब्य रुपमा मनाउने तयारी गरिएको छ । गुलरिया नगरपालिका वार्ड नम्वर ६ स्थित सुन्नी दा—वते इस्लामी नवजवान कमेटीको आयोजनामा जन्मोत्सव मनाउने तयारी गरिएको हो ।
कार्तिक २४ गते आईतवारका दिन पैगम्वरको जन्मोत्सव मनाईने कमेटीका अध्यक्ष मोहम्मद मेहमुद रजा अत्तारीले बताए । उनले भने जन्मोत्सवका अवसरमा शान्ति पद यात्रा, बर्दिया अस्पताल गुलरियाका बिरामीहरुलाई फलफुल तथा पानी वितरण गर्दै परम्परागत कार्यक्रमहरु गर्ने तयारी हाम्रो छ । इस्लाम धर्मावलम्बीहरुको पात्रो हिजरी अनुसार जन्मोत्सव मनाउन लागिएको हो ।
मुस्लिम धर्मावलम्बीहरु चन्द्रमालाई महत्वपूर्ण रुपमा मान्ने भएकाले प्रत्येक महिना चन्द्रमाको आधारमा नयाँ तारिख शुरु हुने र १२ महिनाको १ बर्ष मानिने उनले प्रष्ट्याए । जन्मोत्सव मनाउन अल्लाहको आदेश समेत भएकोले स्वयम् पैगम्बर मुहम्मद लगायत करोडौं दुरुद र सलामले पनि सो दिन अवतरित भएको भनि ब्याख्या गरेकाले पैगम्बरको जन्मोत्सवका रुपमा मनाउने गरिएको बताए ।
पैगम्वरको जन्मोत्सवका दिन मुस्लिम समुदायहरु धार्मिक स्थलहरुको सरसफाई, सजावट, शान्ति र्याली, एकै ठाउँमा भेला भई अल्लाहको आदेश, मुहम्मद पैगम्वरको जीवनी, उपदेश लगायत मुस्लिमहरुले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा चर्चा परिचर्चा गर्ने धार्मिक प्रचलन रहेको अध्यक्ष अत्तारीले बताए । साथै सोही अवसरमा गरीबहरुलाई दान, दक्षिणा गरी १२ रबिउन्नुर मनाउने गरिन्छ ।

189 Views
%d bloggers like this: