६ माघ २०८०, शनिबार

ताजा खबर

तेस्रो बाँसगढी मेयर कपको उपाधी, लक्ष्मणपुर लाइ

   १२ फाल्गुन २०७६, सोमबार १८:३२ प्रकाशित

विष्णु तिमिल्सिना
गुलरिया फागुन १२ गते

तेस्रो बाँसगढी मेयर कप तथा १२ औं राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको विजयी उपाधि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरले हासिल गरेको छ । ४३ स्वर्णपदक मध्ये २१ स्वर्णपदक प्राप्त गर्दै ने.रा. मा.वि. लक्ष्मणपुरले तेस्रो बाँसगढी मेयर कप तथा राष्ट्र पति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको उपाधि हासिल गरेको हो ।

सो विद्यालयले २१ स्वर्ण ४ रजत ५ कास्य पदक गरी २९ पदक सहित सर्वोउत्कृष्ट विद्यालय बनेको छ । त्यस्तै ६ स्वर्ण, ५ कास्य र १० रजत गरी २१ पदक प्राप्त गरि तेस्रो बाँसगढी मेयर कपको दोस्रो स्थान लक्ष्मी मावि बबई चेपाङ्गले प्राप्त गरेको छ भने ४ स्वर्ण, १३ रजत र ६ कास्य गरी २३ पदक प्राप्त गरी नेरा मावि बाँसगढीले तेस्रो स्थान हात पारेको छ । प्रतियोगितामा ३ स्वर्ण, ४ कास्य पदक सहित गोल्डेन फ्युचर ई.मि बोडिङ्ग स्कुल वेलवाले चौथो स्थान ल्याउन सफल भएको छ । त्यस्तै जनप्रिय मावि दमौलीले २ स्वर्ण, ३ कास्य र ५ पदक, जिनवजोति मावि राँझाले २ स्वर्ण, १ कास्य पदक, त्रिभुवन मावि ककौराले १ स्वर्ण, ६ रजत, ४ कास्य पदक प्राप्त गरेको जनप्रिय मावि दमौलीका सुचना अधिकारी बलराम भुजेलले बताउनुभो ।

मार्च पासमा सामुदायिक विद्यालय तर्फ नेरा मावि बाँसगढी प्रथम, संस्थागत विद्यालय तर्फ गोल्डेन फ्युचर वेलवाले प्रथम स्थान हासिल गरेको छ । मेयर– कप मुल आयोजक समितिका संयोजक तुल प्रसाद गौतमको अध्यक्षतामा भएको समापन कार्यक्रममा बाँसगढी नगरपालिका का नगर प्रमुख शालिकराम अधिकारीले स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने उत्कृष्ट विद्यालय तथा खेलाडीहरुलाई शिल्ड, कप,पदक र प्रमाण पत्र प्रदान गर्नु भयो । सहआयोजक विद्यालयका प्रधानाध्यापक तथा मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड मुल आयोजक समितिका सदस्य सचिव सर्भिस शर्माले मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्डलाई सफल पार्न महत्वपुर्ण भुमिका निर्भाह गर्ने सबैलाई धन्यावाद दिनुभयो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्टूका लागि खेलकुद” भन्ने नाराका साथ बाँसगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको मुख्य आयोजना र जनप्रिय मावि दमौलीको सहआयोजनामा मेयर कप फागुन ५ गते देखि दमौलीमा सञ्चालन भएको उक्त प्रतियोगितामा बाँसगढी नगरमा रहेका सामुदायिक र संस्थागत मावि १८ आधारभुत विद्यालय ९ गरी २७ वटा विद्यालयहरुले बिभिन्न खेलकुद विद्यामा भाग लिएको थिए । उक्त प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नु भएको थियो ।

163 Views
%d bloggers like this: