७ माघ २०८०, आईतवार

ताजा खबर

दादुरा रुवेला खोप अभियान फागुन ७ देखि शुरु

   ५ फाल्गुन २०७६, सोमबार २२:१८ प्रकाशित

चन्द्र ब.वि.क
बर्दिया फागुन ५ गते
बर्दिया जिल्लामा फागुन ७ गतेदेखि देखि ३० गतेसम्म दादुरा रुवेला खोप अभियान शुरु हुँदैछ ।
जन्मेको ९ महिना देखि ५ वर्ष मुनिका सवै वाल–वालिकाहरुलाई लक्षित गरेर संचालन हुने यस अभियानबाट बर्दिया जिल्लाका ४० हजार ६ सय ४८ जनालाई खोप दिईने कुरा स्वास्थ्य कार्यालय बर्दिया का प्रमुख गोकर्ण गिरीले जानकारी गराउनु भयो । उक्त खोप अभियान संचालनका लागि ४ सय ७० खोप केन्द्रमा २ सय ७० जना खोप कर्ता र ८ सय ३१ जना महिला स्वंम सेविकाहरु परिचालन गरिनेछन्। सो खोप अभियान पहिलो चरणमा ७ गते देखि १५ गते सम्म गुलरिया, बाँसगढी, बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल गाउपालिका रहेको छन भने दोस्रो चरणमा २० देखि २८ गते सम्म राजापुर नगरपालिका र गेरुवा गाउपालिकामा संचालन गरिने कुरा स्वास्थ्य कार्यालय बर्दियाका सुचना अधिकारी कृष्ण गोपाल चौधरीले बताउनु भयो ।
दादुरा–रुवेला रोग अति छिटो सर्ने संक्रामक रोग हो । जुन मिजल्स भाईरसको कारण बाट हुन्छ । बालबालिका मा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरु हुनुका साथै मृत्यु समेत गराउन सक्छ । रुवेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुवेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलाङ्ग देखा पर्न सक्छ । बाल मृत्युदर हुने मुख्य कारण मध्ये दादुरा एक भएकोले यस विरुद्ध सवै बालबालिकाहरुलाई खोप लगाउन जरुरी हुन्छ ।

73 Views
%d bloggers like this: