७ माघ २०८०, आईतवार

ताजा खबर

नेटवर्किङ् ठगीको आरोपमा फेरी एकजना पक्राउ

   २० कार्तिक २०७६, बुधबार १३:०९ प्रकाशित

 

बर्दियान्यूज । प्रहरीले ओरियन्स ग्लोवल मार्केटिंग प्राईभेट लिमिटेड नामक बहुराष्ट्रिय कम्पनीमा आबद्ध रही नेटवर्किङ् व्यबसायको नाममा “ठगी” गरेको आरोपमा अर्का एकजनालाई पक्राउ गरेको छ ।
कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नं. ५ गोब्रईला बस्ने वर्ष २४ का मंजित चौधरीलाई जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाबाट खटिईएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए ।
चौधरीलाई गुलरिया नगरपालिका वडा नंम्वर ६ बाट फेला पारी पक्राउ गरी “ठगी“ शिर्षकमा आवश्यक अनुसन्धान कार्य भईरहेको उनले बताए । प्रहरीले यसअघि सोही आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

143 Views
%d bloggers like this: