७ माघ २०८०, आईतवार

ताजा खबर

बुद्धिचाल खेल प्रतिको उदासीनता

   १४ भाद्र २०७६, शनिबार १३:२८ प्रकाशित

 

यादव आचार्य
बर्दिया । गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी बुद्धिचालका खेलाडी दिपक अधिकारी खिन्न छन् । बुद्धिचाल खेल्न रुचि राख्ने उनी सरकारले खेल प्रर्बद्धनमा उदासिनता देखाएको भन्दै उनले चिन्ता ब्यक्त गरे । जिल्लामा बुद्धिचाल खेल प्रति सरोकारवाला निकायले कुनै चाँसो नदिईदा नयाँपुस्ता विच खेल ओझेलमा परेको हो ।
अधिकारीले भने बुद्धिचाल खेल प्रति रुचि राख्ने धेरै खेलाडी छौं तर खेल विकासमा राज्यपक्षबाट कुनै चासो देखाईएको छैन । यदि यस्तै स्थिती रहे आउने पुस्ताले जिल्लामा बुद्धिचाल खेल नै खेल्न नजान्ने अवस्था छ । उनले थपे जिल्लामा खेल खेल्ने ठाउँ नै छैन । जिल्ला स्तरमा खेल प्रतियोगिताहरु आयोजना हुँदैनन् । उनले थपे सरकारी निकायको बुद्धिचाल खेल प्रतिको उदासिनले खेलाडीहरुको मनोवल समेत खस्केको छ । कुनैपनि पुर्वाग्रह नराखी बर्दियामा बुद्धिचाल खेलको बिकास तथा प्रर्बद्धन गर्नुपर्ने उनको भनाई छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा बर्दियाको सदरमुकाम गुलरियामा जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ । खुलातर्फ २४ जना र विद्यार्थी तर्फ ११ जना गरी बर्दिया जिल्ला स्तरिय बुद्धिचाल प्रतिस्पर्धामा ३५ जना खेलाडी सहभागी भए । खुलातर्फ जयबहादुर सुनारले जीत हात पारेका छन् । त्यस्तै विद्यार्थी तर्फको प्रतिस्पर्धामा शंकर थारुले जितेका हुन् ।
जयबहादुरले दिपक अधिकारी र शंकरले निश्पक्ष जंग शाहलाई हराउँदै प्रथम भएका हुन् । पाँच चरणमा सम्पन्न खुला तर्फको खेलमा सुनारले पाँचै चरण जितेका हुन् । प्रथम हुने खेलाडीलाई ७ हजार तथा दोस्रो हुने खेलाडीलाई ४ हजार रुपैया सहितको पुरस्कार प्रदान गरिएको बर्दिया कृष्णसार बुद्धिचाल संघका सचिव सागर चापागाइँले बताए । उनले भने जिल्ला बुद्धिचाल संघ बर्दियाको आयोजना तथा बर्दिया कृष्णसार बुद्धिचाल संघको सहकार्यमा सञ्चालित दुई दिने प्रतियोगिता सम्पन्न गर्न गुलरिया नगरपालिका ६ नम्वर वडा कार्यालयले आर्थिक सहयोग गरेको छ ।
उनले थपे बर्दियामा बुद्धिचाल खेलका खेलाडी धेरै भएपनि सरकारी निकायले खेल प्रर्बद्धनमा चाँसो नदिँदा समस्या भएको छ । आर्थिक अभावका कारण स्थानिय स्तरबाट पनि खेलहरु आयोजना गर्न कठिन छ । उनले थपे सरकारले जिल्ला स्तरका बुद्धिचाल खेल प्रतियोगिता लगायत खेलकुद सामाग्रीको लागि पहल गरे राम्रो खेलाडीहरु उत्पादन हुनेमा शंका छैन ।

403 Views
%d bloggers like this: