७ माघ २०८०, आईतवार

ताजा खबर

भेरी अस्पतालमा सिकलसेलको रक्तपरिक्षण गर्ने मेसिन नवन्दा सास्ती

   १५ श्रावण २०७६, बुधबार १९:५४ प्रकाशित

 

सोम गुरुङ्ग
बाँके । बाँकेका नागरिक समाजले आज भेरी अस्पतालले दिईरहेको सेवा प्रवाह र सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मतको बारे भेरी अस्पतालका प्रमुख डां रुपानन्द अधिकारीलाई भेट गरि ध्यानाकर्षण गराएको छ । बैशाख २९ गते सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मत गरि सूचारु गर्नको लागि बाँकेका नागरिक समाजले भेरी अस्पतालका प्रमुखलाई ज्ञापन पत्र बुझाई सकेको थियो ।
पश्चिम नेपालकै केन्द्रको रुपमा राष्ट्रिय स्तरको भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया रोगको परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन विगत ६ महिनादेखि बिग्रेको र औषधी उपचार परिक्षणबाट बिरामीहरु वन्चित भएको हुदाँ मेशिनको तुरुन्त ब्यवस्था तथा कार्यान्वयनका लागि ज्ञापन पत्र बुझाएको र फलोअप पनि गरिएको आईएचआरसीका कार्यक्रम प्रबन्धक रविन्द्र कुमार ज्ञवाली बताए ।
नेपालको संविधानमा स्वास्थ्य सम्बन्धि हक अधिकारलाई मौलिक अधिकारको रुपमा ब्यवस्था गरेको र जनस्वास्थ्य सम्बन्धि ऐन २०७५ र दिगो विकासका लक्ष्य बुदा नं.३ मा स्वास्थ्यको अधिकार हरेक नागरिकहरुमा पहुँच हुने ब्यवस्था समेत गरेको छ । भेरी अस्पतालका प्रमुख डाक्टर रुपानन्द अधिकारीले सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मतको लागि काठमाण्डौं पठाई सकिएको जानकारी दिनु हुदै हाल सम्म मर्मत नहुदाँ बिरामीहरु समस्यामा परेको जानकारी दिनुभयो । उहाँले नागरिक समाजले पनि सार्वजनिक सरोकारका सवालहरुलाई उठाउनु पर्ने र भेरी अस्पतालमा दरबन्दी अनुसारको डाक्टरको अभावले सेवा प्रवाहमा असहजता आएको पनि बताउनुभयो ।

84 Views
%d bloggers like this: