७ माघ २०८०, आईतवार

ताजा खबर

मुक्तकमैया परिवारलाई जलवायु मैत्री तरकारी खेती

   १५ श्रावण २०७६, बुधबार २०:३५ प्रकाशित
agri

 

बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २, ४ र ८ को कृषक समुहलाई व्याकवार्ड सोसाईटी एजुकेशन (बेस) बर्दियाद्वारा सञ्चालित मुक्त कमैयाका लागि जिविकोपार्जन सुधार परियोजना अन्तरगत विभिन्न टोलमा ५ स्थानमा प्रयोगात्मक रुपमा १ दिने जलवायु स्मार्ट तथा दिगो तरकारी खेती तालिम प्रदान गरिएको छ । सो तालिममा रामनगर कृषक समूह रामनगर टोल, कृष्णसार कृषक समूह पचास पटाहा टोल, शान्ति कृषक समूह शान्ति टोल, समावेशी समूह समावेशी टोल र मुक्तिनाथ समूहको ८१ जना कृषकहरुको सहभागिता रहेको थियो ।
सो तालिम मार्फत वर्तमान अवस्थामा तरकारीको परिचय तथा महत्व, अहिलेको मौसममा रोप्न सकिने तरकारीको जानकारी, तरकारी नर्सरीको परिचय तथा महत्व, अहिलेको सिजनमा राख्न सकिने तरकारी बीऊको नर्सरी, तरकारी नर्सरी व्याड बनाउने र बीऊ छर्ने तरिका, नर्सरी व्याडमा लाग्ने रोग तथा किराको रोकथाम र उपचार बारे कृषकहरुलाई प्रशिक्षण दिइएको थियो । मुक्त कमैया, सुकुम्बासी, सिमान्तकृत, बाढी पीडित, दलित, एकल महिला समावेश गरी गठन गरिएका ५ वटा समूहका गरी जम्मा ८१ जनालाई सो तालिम प्रदान गरिएको छ । रामनगर समूहकी सदस्य ईश्वरी थारुले यस तालिमले बेमौसी तरकारीको नर्सरी राख्ने तरिका लगाएत उपचार गर्ने विधि समेत सिकेको र अब आफैले तरकारी नर्सरी व्याड राखी कृषि क्षेत्रमा अगाडि बढ्ने बताइन् । सो तालिमको सहजीकरण जेटिए कालुराम थारुले गरेको बेस बर्दियाका कार्यक्रम संयोजक कुलराज दहितले जानकारी दिए ।

 

94 Views
%d bloggers like this: