६ माघ २०८०, शनिबार

ताजा खबर

यसरी र्दुघटना भयो सिटिजन्स् वैंकका सिइयो गणेशराज पोखरेल सवार गाडी (फोटो फिचर)

   १० कार्तिक २०७६, आईतवार १३:१० प्रकाशित

बर्दियान्यूज । वुधवार सिटिजन्स बैंक इन्टरनेशनलको कार दुर्घटना हुँदा बैंकका सिइओ गणेशराज पोखरेल सहित ४ जना घाइते भए । जसमा बैंकका एसिस्टेन्ट सिइओ पारस कुमार काफ्ले, सुरेशमान मानन्धर र विवश सिंह ठकुरी छन् ।


प्रदेश नम्बर १ र २ मा रहेको बैंकका विभिन्न शाखाहरुको कार्य मूल्याङ्कन अनुगमन सकेर काठमाडौं फर्किने क्रममा पथलैया देखि हेटौडाको बिचमा कार दुर्घटना भएको हो । घाइतेहरु काठमाडौं स्थित अस्पतालमा उपचार पश्चात फर्किएका छन् ।


अहिले सबै घाईतेहरुको अवस्था राम्रो छ । चिकित्सकले कम बोल्ने र आराम गर्ने सुझाव दिएको सिटिजन्स वैंक इन्टर नेशनलका सिइयो गणेशराज पोखरेलले बताउनु भएको छ ।

बर्दिया न्युज डटकम, चुरेकुञ्ज साप्ताहिकका तर्फबाट सम्पादक कृष्ण प्रसाद बस्याल लगायत प्रकाशन टीमले सिइयो गणेशराज पोखरेल लगायत सम्पूर्ण घाईतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना ब्यक्त गर्नु भएको छ ।

 

187 Views
%d bloggers like this: