७ माघ २०८०, आईतवार

ताजा खबर

लकडाउनकाे नाममा जनता घरमा थुनि खसि तस्करी

   ७ जेष्ठ २०७७, बुधबार १३:०१ प्रकाशित

सर्बसाधरणलाई लकडाउनको नाममा घरमा थुनेर राख्ने प्रहरी प्रशासन रातारात प्रहरीको स्कटिङ्गमा खसीको तस्करी हुने गरेको तथ्य खुल्न आएको छ। गुलरियाबाट खसी तस्करी हुन लागेको जानकारी पाएपछि संचारकर्मीको टोलिले लु.१ ख.९०२७ नम्बरको ट्रक सहित १ सय २ वटा खसी पक्राउ गरि प्रहरीलाई खबर गरेको हो। खसीको तस्करी हुन लागेको जानकारी पाएपछि संचारकर्मीहरुको टोलि गुलरिया वडा नम्बर ८ पशुहाट नजिकै कुरेर बसिरहेको अवस्थामा २ बटा मोटरसाइकलमा प्रहरीले नै स्कटिङ्ग गरेर खसी लगिरहेको अवस्थामा उक्त ट्रकलाई रोकि चेकजाँच गर्दा खसीको तस्करी हुने गरेको खुल्न आएको एक सन्चारकर्मीले बताए। बडैयाताल गाउँपालिका शितलाबजारबाट खसी लोड गर्ने अनुमती लिएको उक्त ट्रकले नियम बिपरित गुलरियाबाट प्रहरीको मिलोमतोमा भारी मात्रामा खसी लग्न लागेको खुल्न आएको हो।। सोही सम्बन्धमा बडैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीलाई लकडाउनको बेलामा पनि खसी लोड गर्ने अनुमती गाउँपालिकाले कसरी दियो भन्ने प्रश्नमा यो बारे आफुलाई कुनै पनि जानकारी नभएको बताए। यसरी लकडाउनको अवस्थामा पनि भारी मात्रामा खसी काठमाडौं लग्ने अनुमती कस्ले दियो,किन दियो र आमजनताका लागि लकडाउन जारी गर्ने प्रहरी प्रशासन किन आफ्नै रोहबरमा खसी पास गराउन लागि पर्यो यसको सुक्ष्म रुपमा अनुसंधान हुन जरुरी छ। यसै सन्दर्भमा केही जानकारी लिनका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई कल गर्दा उहाँहरुको कल नउठेको एक संचारकर्मीले बताएका छन । राती समातिएको खसी बिहान नै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेको निर्देशनमा छोडिएको छ।यसबाट प्रष्ट प्रहरीको सेटिङ्गमा नै लकडाउनको मौका छोपी बर्दियामा तस्करी भइरहेको प्रमाणित भएको एक स्थानीयले बताएका छन् ।

139 Views
%d bloggers like this: