७ माघ २०८०, आईतवार

ताजा खबर

विप्लवका बर्दिया सेक्रेटरी पक्राउ

   २७ श्रावण २०७६, सोमबार ०८:५५ प्रकाशित

गुलरिया, बर्दिया । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वका बर्दिया जिल्ला सेक्रेटरी गणेश अर्याल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले सदरमुकाम गुलरिया स्थित राधाकृष्ण चोकबाट अर्याललाई पक्राउ गरेको हो ।
गेरुवा गाउँपालिकाको वडा कार्यालय आगलागीको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले वताए । आगलागी पश्चात प्रहरीको खोजीमा रहेका अर्याललाई आईतवार अपरान्ह पक्राउ गरिएको जानकारी दिए । हाल उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखीएको छ ।

106 Views
%d bloggers like this: