७ माघ २०८०, आईतवार

ताजा खबर

संविधान दिवस धुमधामले मनाईने

   २९ भाद्र २०७६, आईतवार २१:४२ प्रकाशित

बर्दियान्युज
गुलरिया । बर्दियामा पनि संविधान दिवस विविध कार्यक्रम सहित धुमधामले मनाईने भएको छ । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस ०७६ धुमधामले मनाउने निर्णय गरेको हो ।
समितिका अनुसार संविधान दिवसका अवसरमा असोज २, ३ र ४ गते जिल्ला स्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुमा बेलुकी दिपावली गर्ने र राष्ट्रिय भण्डा फहराउने । असोज २ गतेका दिन सरकारी, गैरसरकारी कार्यालय, मठ, मन्दिर, विद्यालय लगायत सम्पूर्ण सार्वजनिक स्थलहरुमा सरसफाई अभियान संचालन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै नेपालको संविधान र संघीयता कार्यान्वयनमा हाम्रो भुमिका बिषयक नगर स्तरिय अन्तर मावि बक्तृत्वकला प्रतियोगिता बगलामुखी माध्यमिक विद्यालयमा असोज २ गते संचालन गर्ने जसका लागि आवस्यक खर्च १८ हजार रुपैया बराबरको रकम गुलरिया नगरपालिकाले ब्यहोर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
नगरका सम्पूर्ण मावि (कक्षा ९ देखि १२) का विद्यार्थी सहित सबैशिक्षकहरु प्रभातफेरीमा सहभागी हुन सबै विद्यालयलाई परिपत्र गर्ने निर्णय गरिएको छ । ब्यानर र झण्डा निर्माण गर्ने जिम्मेवारी गुलरिया नगरपालिकालाई दिईएको छ ।
असोज ३ गतेको प्रभातफेरीमा बजार क्षेत्रका विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाका सम्पूर्ण कर्मचारी राजनितिक दलका प्रतिनिधिहरु, जन प्रतिनिधिहरु, सुरक्षा निकायका जवानहरु, उद्योग वाणिज्य संघ, नागरिक समाज लगायत सम्पूर्णको गुलरिया नगरपालिकाको प्रांगणमा विहान ७ बजे अनिवार्य उपस्थितीका लागि अनुरोध गरिएको छ ।

86 Views
%d bloggers like this: