७ माघ २०८०, आईतवार

ताजा खबर

सिडीओ रामबहादुुर कुरुम्बाङ्गको भब्य विदाई

   ७ कार्तिक २०७६, बिहीबार २१:३९ प्रकाशित

विष्णु अधिकारी
गुलरिया । डेढबर्षको बसाईमा बर्दियाली जनताको मन जित्न सफल प्रजिअ कुरुम्बाङ्गको विदाईमा बर्दियाबासी भावुक बनेका थिए । डेढवर्ष अघि बर्दियामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको बर्दियाबाट भव्य विदाई भएको छ । जिल्लाको विकासमा फड्को मार्न अहोरात्र खटिएर विकास प्रेमि प्रजिअ भनेर परिचित कुरुम्वाङ्ले जिल्लाको विकास निर्माण, शान्ति सुरक्षा, तस्करी, लागु औषध नियन्त्रण, सरकारी सेवा घर दैलोमा पुराएका कारण बर्दिया बासिले खुलेर उनको प्रशंसा गरेका थिए ।
प्रजिअ कुरुम्बाङले बर्दियाको बसाईमा यहाँका जनप्रतिनिधि, नागरिकबाट बर्दियाको विकासमा सहयोग भएका कारण बसाई अबस्मरणिय रहेको बताए । सर्वसाधारणको मन जितेका कुरुम्बाङ्गको स्याङजा सरुवा भएको खवरले स्थानीय निराश भएका छन् ।
शान्ति सुरक्षा, विकास र अपराध नियन्त्रण जस्ता उनको कुशल नेतृत्वका कारण जिल्लाबासीले उनको खुलेर प्रशंसा गरे । सेवाग्राहीको मन जितेर प्रिय बनेका प्रजिअ कुरम्बाङको जिल्लास्थित जनप्रतिनिधिले उनको सुखद भविष्यको कामना गरेका छन् । अभिभावको भूमिका रहेर प्रजिअले काम गरेको गुलरियाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए ।‘ प्रजिअ कुरुम्बाङ् बर्दियाको बसाईमा असल प्रशासकको भुमिका निभाएका थिए ।
बर्दियाको विकासमा उनले गरेको भुमिकाले जिल्लाले फड्को मारेको यादवले बताए । विदाई कार्यक्रममा नेपाल प्रहरीका एसपी राजेशनाथ वास्तोलालाई शान्ति सुरक्षामा उल्लेखनिय योगदान पु¥याएकोले जिल्ला प्रशासनले उच्च मूल्याकंन गरि प्रशंशा पत्र प्रदान गरेको थियो । ८ वटै स्थानीय तहको संयुक्त विदाई कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, सर्वसाधारण, नागरिक समाज, जिल्ला स्थित सरकारी कर्मचारी, बार एशोसिएसन, जनप्रतिनिधी, गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

84 Views
%d bloggers like this: