१८ माघ २०८०, बिहीबार

ताजा खबर

सरकारको लकडाउन पुनः ब्युँताउने तयारी

   ४ असार २०७७, बिहीबार १८:३१ प्रकाशित

सरकारले लकडाउनलाई पुनः ब्युँताउने तयारी गरेको  सरकारी उच्च स्रोतबाट जानकारी प्राप्त भएको छ। उच्च स्रोतका अनुसार असार मसान्तपछि लकडाउन कडा गर्ने तयारी गरेको हो ।असार महिना आर्थिक हिसाब किताब राख्ने अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले हिसाब मिलन गर्नका लागि लकडाउन खुकुलो बनाइएको स्रोतले जानकारी गराएका छन् । पर्याप्त राजश्व संकलन नहुँदा सरकारलाई खर्च चलाउन समेत मुस्किल पर्दै गएको बेलामा राजस्व संकलनका लागि लकडाउन खुकुलो बनाएको स्रोतको दावी छ ।

लकडाउन खुकुलो बनाउदा संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ।हाल आएर नेपालमा करिब ८ हजार नजिकै संक्रमितको संख्या पुगेको छ भने २२ जनाले ज्यान गुमाइ सकेको अवस्था छ।लकडाउन खुकुलो भएको र संक्रमित संख्या बढदै गएपछि सरकारको ब्यापक आलोचना भइरहेको छ । सरकारलाई राजश्व संकलन गर्न दबाब परिरहेका बेला लकडाउन खुकुलो भए लगत्तै संक्रमण पनि बढनु सरकारको लागि टाउको दुखाइ भएको छ। तसर्थ  असार मसान्तसम्म अर्थतन्त्र केही बलियो बनाउने र  लकडाउन पुनः सुचारु गर्ने तयारीमा सरकार लागेको एक सरकारी उच्चस्रोतको भनाइ छ ।

126 Views
%d bloggers like this: