१४ माघ २०८०, आईतवार

ताजा खबर

गर्भवती र सुत्केरी महिलाहरुको लागी मर्यादित सामाग्री हस्तान्तरण

   ५ असार २०७७, शुक्रबार १०:५८ प्रकाशित

बर्दियामा गर्भवती तथा सुत्केरी महिलाहरुका लागी मर्यादित समाग्री हस्तान्तरण गरिएको छ । कोरोना भाइरसको विषम परिस्थितीमा विपन्न परिवारका गर्भवती र सुत्केरी महिलाहरुको लागी थोरै भएपनि सहयोग पु¥याउने उद्धेश्यले प्लान इन्टरनेशनल नेपालको सहयोगमा समाग्री वितरण गरिएको हो । ओरेक नेपालको विपदका समयमा महिला, बालबालिका, किशोरी जेष्ठ नगारिक गर्भवती तथा सुत्केरी महिलाहरुको सहयोगका लागी संचालित स्नेहा अभियान अन्तर्गत मर्यादित समाग्री वितरण गरिएको हो । गुलरिया नगरपालिकामा २ सय थान र बढैयाताल गाँउपालिकामा १ सय थान मर्यादित समाग्री हस्तान्तरण गरिएको ओरेक नेपालले जनाएको छ ।                                              समाग्री बुझदै नगरपालिका तथा गाँउपालिका क्षेत्रमा रहेका गर्भवती, सुत्केरीहरुलाई धेरै राहत पुग्ने बताइएको छ । विपन्न परिवारको बसोबास धेरै भएकोले यो संख्यामा अझै बृद्धि गर्न पाए राम्रो हुने स्थानिय सरकारले जनाएका छन ।
हस्तान्तरण कार्यक्रममा ओरेक नेपालकी जिल्ला संयोजक शर्मिला निरौलाले अहिलेको असजिलो परिस्थितीमा अन्य समाग्री विभिन्न निकायबाट वितरण भै रहेको र विपन्न गर्भवती महिला र सुत्केरीहरुका लागी मर्यदित समाग्री अतिनै अवश्यकता देखिएकाले उनिहरुलाई सहयोग पु¥याउन वितरण गरिएको बताउनु भयो । मर्यदित समाग्रीमा धोती साडी म्यक्सी, स्विटर, पेटिकोट, भित्रिबस्त, बच्चालाई बोक्ने कपडा, कपडानको प्याड, टर्चलाईट लगायतका समाग्री दिइएको छ ।

67 Views
%d bloggers like this: