१ फाल्गुन २०८०, मंगलवार

ताजा खबर

बर्दियाका ४ सय ५० घर डुबानमा जोखिम मोल्दै काठ संकलनमा स्थानीय

   १५ श्रावण २०७७, बिहीबार १२:३६ प्रकाशित

वर्षाका कारण कर्णाली नदीले खतराकाे तह पार गरे पछि बर्दियामा करिब ४ सय ५० घर डुवानमा परेका छन। जिल्लाको राजापुर नगरपालिका, गेरुवा गाँउपालिका र ठाकुरवावा नगरपालिका अन्तगर्तका विभिन्न नदी तथा खोला भरिएर बस्तिमा पसेपछि बस्तहरु डुवानमा परेका हुन्।

जिल्लाका विभिन्न स्थानमा गरी करिब ४ सय ५० घर डुवानमा परेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रशासकिय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिए।

डुबानबाट मानवीय क्षती भने भएको छैन।  जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा सारिएको छ। कर्णाली नदीमा पानीको बहाब बढेसँगै स्थानीय नदिनालामा आएको पानीले बर्दियाको राजापुर नगरपालिकाको दौलतपुर, चनौरा, सोनपुर लगायतका गाउँ तथा गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकाका विभिन्न स्थानमा डुबान गरेको हो।

वर्षायाममा डुवान तथा बाढीको जोखिम कायम भएका बेला बर्दियाका तटीय क्षेत्रमा भने बाढिले बगाएर ल्याएको काठ संकलन गर्नेको भीड लागेको छ। बबई नदिकोभादा घाट नजिकका स्थानीय यतिवेला नदी किनारमा काठ दाउरा निकाल्न व्यस्त छन्।

स्थानीयका अनुसार काठको धेरै समस्या भएकाले खाना पकाउने लगायत प्रयोजनमा दाउरा आवश्यक भएका कारणा जोखिम मोलेर दाउरा निकाल्नुपरेको हो। ।  बाढीमा बगेर भारत जाने काठ सरकारले सुरक्षित प्रविधि मार्फत संकलन गर्न सके करोडौं रुपैयाँ बराबर जोगिने उनीहरुको भनाई छ।

नदीमा पानीको बहाव बढेका बेला तटीय क्षेत्रमा काठ दाउरा संकलन गर्ने काम जोखिमपूर्ण भएपिन मानिसहरु आफूलाई जोखिममा राखेर जाने गरेको स्थानीय  राजकुमार मैनालीले बताए। बाढी पसेर डूवान हुँदा घरको महत्वपूर्ण कागजातहरु नागरिकता, लालपुर्जा, सवारी अनुमति पत्र, तिरो तिरेको रसिदहरुलाई सुरक्षित राख्नु पर्ने भएपिन मानिसहरु भने दाउरा स‌कलनमा लागेको उनको भनाई छ ।

‘काठ लिन जाँदा ज्यान जाने खतरा हुन्छ, बाढी आउन लागेको कुरा सबैलाई जानकारी गराउनु पर्छ र अरुलाई पनि सतर्कता अपनाउन आग्रह गर्नुपर्छ,’  मैनालीले भने। 

कर्णाली नदिले खतराको तह पार गरेसँगै जिल्ला प्रशासन कार्यालय बर्दियाले  सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ। अहिले कर्णाली नदीमा पानीको सतह घटेर सामान्य भएपनि पानी घटबढ हुनसक्ने र स्थानीय खोला नालाको पानी भरीएर बाढी आउनसक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ।

107 Views
%d bloggers like this: