विष्णु अधिकारी
बर्दिया । हत्या गरेको अभियोगमा प्रहरीले ८ जना युवा पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका वडा नं. ८ का ३४ बर्षिय सतिराम थारुको हत्याको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठाकुरबाबा–७, का २७ बर्षिय सन्तोष रोकाय, ३६ वर्षिय देवी रोकाय, २० बर्षिय अर्जुन बुढा, २५ बर्षिय कमल बुढा, २४ बर्षिय शरण रोकाय, ३२ बर्षिय उमेश बुढा, २४ बर्षिय राजकुमार चौधरी र २३ बर्षिय ज्ञानु विक रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी राजेशनाथ बास्तोलाले बताए ।
मृतक थारुको मेडिकल कलेजमा उपचार सम्भव नभए पछि भारतको लखनउमा उपचारको क्रममा कार्तिक १३ गते मृत्यु भएको हो । मृतकका बाबु सतिराम थारुले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत असोज १६ गते राती ९ बजे मृतक मृतकका दाजु आशाराम थारुले गाउँको बच्चालाई अटो रिक्सामा राखी उपचार गराई घर फर्कने क्रममा अटो रिक्सा नरोकेको भनी युवाहरुले अटोरिक्सा तोडफोड गर्नुका साथै आशाराम थारुलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
प्रप्रहरी र जनप्रतिनिधिको रोहवरमा मिलापत्र गराईएको थियो । आशाराम थारुका भाई मृतक सतिराम थारुलाई आफ्नो बहिनीको घरबाट फर्कने क्रममा बाटो कुरी ढुङ्गा, लाठी, मुक्का प्रहार गरी सक्त घाइते बनाएका थिए ।