१२ माघ २०८०, शुक्रबार

ताजा खबर

संसारभर कोरोना थप खतरनाक अवस्थामा: विश्व स्वास्थ्य संगठन

   ६ असार २०७७, शनिबार १४:२६ प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस संसारभर थप खतरनाक अवस्थामा पुग्ने चेतावनी दिएको छ । विभिन्न देशमा कोरोना संक्रमणको फरक फरक फेज चलिरहेको भन्दै डब्ल्युएचओले संसारभर कोरोना भाइरस संक्रमणले रफ्तार रुप लिएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् । आर्थिक हिसाबले आफूलाई पुरानो बाटोमा लैजान भन्दै धेरै देशले लकडाउन खोलेको भन्दै डब्ल्युएचओले छिट्टै ठूलो संख्यामा संक्रमित र मृत्यु बढ्ने चेतावनी दिएको छ ।

लकडाउनपछि एकाएक संख्या बढ्नुलाई आश्चर्यका रुपमा लिन नहुँने भन्दै डब्ल्युएचओले शुक्रबार झण्डै २ लाख जनामा कोरोना संक्रमण भएको जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । संक्रमितमध्ये अमेरिका, ब्राजिल र ल्याटिन अमेरिकाका विभिन्न देश रहेका छन् । भारतमा पनि पछिल्लो समय संक्रमण उच्च विन्दुमा पुग्न थालेको छ ।

डब्ल्युएचओले मध्यपूर्व र दक्षिण एसियामा पनि कोरोना संक्रमण बढीरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण एसियामा संक्रमण बढ्दै गएपछि डब्ल्युएचओले सामाजिक दूरीको पालना गर्न, मास्क लगाउन र समय समयमा हात धुनका लागि पनि सुझाव दिएको छ ।

संगठनले तीन महिना पहिले कोरोना भाइरसको विश्व व्यापी महामारी घोषणा गरेको थियो । अहिलेसम्म पनि कोरोना भाइरसको संक्रमण बढ्नेक्रम जारी छ । मार्च र अप्रिलमा संक्रमणमा कमि आएको थियो । तर संसारभर लकडाउन कमजोर पारिएसँगै संक्रमणको गति पनि ह्वात्तै बढेको छ । एजेन्सी

111 Views
%d bloggers like this: