१४ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियाको बढैयाताल गाउँपालिकामा सवैभन्दा बढि ४९ जनामा कोरोना संक्रमण

   ६ असार २०७७, शनिबार २१:५२ प्रकाशित

बर्दियाका आठ स्थानिय तह मध्ये हालसम्म सवैभन्दा बढी कोरोना संक्रमित बढैयाताल गाँउपालिकामा भेटिएका छन । बर्दियामा शुक्रबारसम्म भेटिएका १ सय ५१ जना मध्ये सवैभन्दा बढी कोरोनाका संक्रमित बढैयाताल गाँउपालिकामा भेटिएको स्वास्थ्य कार्यलय बर्दियाले जनाएको छ । स्वास्थ्य कार्यलय बर्दियाका अनुसार हालसम्म बर्दियाको बढैयाताल गाँउपालिकामा ४९ जनामा संक्रमण देखिएको जनाएको छ । बर्दियाको गुलरिया नगरपालिकामा २६ जना, मधुवन नगरपालिकामा २८ जना, बाँसगढी नगरपालिकामा २० जना, राजापुर नगरपालिकामा १५ जना, बारबर्दिया नगरपालिकामा ८ जना, ठाकुरबाबा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । आठ स्थानिय तह मध्ये सवै भन्दा कम संक्रमण गेरुवा गाँउपालिकामा १ जनामा मात्र पाइएको स्वास्थ्य कार्यलय बर्दियाका सुचना अधिकारी कृष्ण गोपाल चौधरीले बताएका छन् । हाल सम्म १ सय ५१ जनामा देखिएको संक्रमण मध्ये १ सय ३७ जना पुरुष र १४ जना महिला रहेका छन । कोरोना संक्रमण पुष्टी भएका मध्ये उपचार गराई निको भएर घर फर्किनेको संख्या १३ रहेको छ भने १ सय ३८ जना उपचारका क्रममा रहेको समेत चौधरीले बताए । बर्दियाका आठै स्थानिय तहमा गरि १ सय ५० स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा बर्दियामा हाल सम्म २ हजार २ सय ५१ जना विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका छन । जिल्ला भरिमा १० हजार ५ सय ३३ जनाको आरडीटी विधि मार्फत परिक्षण गरिएको छ भने २ हजार ७ सय २० जनाको पीसीआर विधि मार्फत परिक्षण गरिएको छ । जस मध्ये १ सय ५१ जनाको स्वाब रिपोट पोजेटिभ आएको छ भने ५ सय १२ जनाको रिपोर्ट प्रकृयामा रहेको स्वास्थ्य कार्यलय बर्दियाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

77 Views
%d bloggers like this: