२६ श्रावण २०७७, सोमबार

ताजा खबर

बाँके कोरोनाको उच्च जोखिममा, ४६ जनामा कोरोना पुष्टिबर्दियामा ५ दिनका लागी निषेधाज्ञा जारी, गुलरियाको मुख्य बजार सुनसानकाठमाडौंमा ५६ जना सहित ३७८ जनामा कोरोना संक्रमण पुष्टिबालविवाह न्युनिकरण गर्न बर्दियाका ३ पालिकामा सरोकारवालासंग छलफलबर्दियामा १ जना पत्रकार सहित २ सय २५ जनाले सहजै कोरोना जितेनेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो।बांकेमा ४९ जनामा कोरोना पुष्टि निषेधाज्ञा मंगलबारसम्म जारी रहनेवडा अध्यक्ष सहित १३ जनामा कोरोना संक्रमण पुष्टि,जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा निषेधाज्ञा जारीकाठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिलकडाउन थप्ने बाँके प्रशासनको निर्णय

आज गुरु पूर्णिमा : बर्दिया सहित पश्चिम तराईमा मधेशी समुदायले भौंरी पर्व पनि मनाए

   २१ असार २०७७, आईतवार २१:३२ प्रकाशित

आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आजकै दिन मधेशी समुदायका व्यक्तिले भौंरी पर्व पनि मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको नवलपरासी ,दांग बाँके बर्दिया लगायत मधेशी समुदायको बहुल्यता भएको स्थानमा यो मनाउने गरिएको पाइएको छ । पश्चिम तराईका जिल्लाका अवधिभाषा समुदायले आज भौंरी पर्व मनाएका हुन । यो पर्व मान्ने समुदायका व्यक्तिहरु भौरी पर्वका दिन विहानै घरमा लिपपोत गर्छन । भौंरी पकाउन गुहुँको पिठो मुछीे पुर्णिमा आर्थत पुर्ण गोलो आकारको परिकार बनाउने गर्छन । गोलो अकारको परिकार बनाई सकेपछि गाई गोरुको गोबर बाट बनेको कन्डा अर्थात गुँइठा बनाई गाईगोरु बस्ने गोठमै कन्डाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ । जस्लाई भौरी भन्ने गरिन्छ ।
अवधि भाषा समुदायमा यो पर्वको छुट्टै महत्व छ । मधेशी समुदायमा गाई गोरु नै घरको सम्पती हो भन्ने विश्वाशले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरु विधिवत रुपले पकाइ सकेपछि केराको पातमा राखी अगियार अर्थात पुजा गर्ने गरिन्छ । सर्वप्रथम आफुलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ । घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफना घरका अन्य सदस्यले खाने गरिन्छ । विशेष गरि दहि, चिनी संग भौंरी खाने गरिन्छ । आजकै दिनमा मधेशी समुदायमा विवाहित छोरी चेलीहरु माइत गई भौरी खाने प्रचलन रहेको बताइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको छ । व्यास जयन्तीलाई भौरी पर्वको रुपमा लिने गरिन्छ ।

©bardiyanews.com

error: Content is protected By Bardiyanews!!
%d bloggers like this: