२६ श्रावण २०७७, सोमबार

ताजा खबर

बाँके कोरोनाको उच्च जोखिममा, ४६ जनामा कोरोना पुष्टिबर्दियामा ५ दिनका लागी निषेधाज्ञा जारी, गुलरियाको मुख्य बजार सुनसानकाठमाडौंमा ५६ जना सहित ३७८ जनामा कोरोना संक्रमण पुष्टिबालविवाह न्युनिकरण गर्न बर्दियाका ३ पालिकामा सरोकारवालासंग छलफलबर्दियामा १ जना पत्रकार सहित २ सय २५ जनाले सहजै कोरोना जितेनेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो।बांकेमा ४९ जनामा कोरोना पुष्टि निषेधाज्ञा मंगलबारसम्म जारी रहनेवडा अध्यक्ष सहित १३ जनामा कोरोना संक्रमण पुष्टि,जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा निषेधाज्ञा जारीकाठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिलकडाउन थप्ने बाँके प्रशासनको निर्णय

बर्दियामा १ सय ४९ जना कोरोना जिति घर फर्किए, ४२ जना आइशोलेसनमा उपचार गराउँदै

   २२ असार २०७७, सोमबार ०६:१७ प्रकाशित

बर्दियामा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । बर्दियामा आइतबार सम्म १ सय ४९ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा कोरोना जित्नेमा हालसम्म १ सय ३५ पुरुष र १४ जना महिला छन् । भने जिल्लाको विभिन्न स्थानमा निर्माण गरिएको आइसोलेसनमा महिला ९ र पुरुष ३३ गरि ४२ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।                   बर्दियामा हालसम्म आरडीटी विधिबाट १२ हजार ६ सय ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भने हाल सम्म ३ हजार ३ सय १८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय बर्दियामा क्वारेन्टाइनमा बस्नेको संख्या पनि घट्दै गएको स्वास्थ्य कार्यलयको तथ्याङ्कले देखाएको छ । जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा ६ सय ४२ जना व्यक्तिहरु बसी रहेका छन । क्वारेन्टाइन खाली हुँदै गएपछि अधिकाशं क्वारेन्टाइन बन्द पनि गरिएका छन् ।                                            जिल्ला भरिनै रहने गरि १ सय ४८ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा ३ हजार ४ जना पुग्ने बेड क्षमता रहेको स्वास्थ्य कार्यलय बर्दियाले जनाएको छ ।

©bardiyanews.com

error: Content is protected By Bardiyanews!!
%d bloggers like this: