२३ माघ २०८०, मंगलवार

ताजा खबर

बर्दियामा संरक्षण सम्बन्धि अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरू

   २२ असार २०७७, सोमबार १७:०४ प्रकाशित

कमल खड्का, बर्दिया

संरक्षण सम्बन्धि अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आज देखि बर्दियाकाे रम्मापुरमा शुरु भएको छ । बर्दिया राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र करेलिया उपभोक्त समिती बर्दिया को आयोजनामा दुई दिने कार्यक्रमको उदघाटन गरिएको छ ।

उक्त कार्यक्रम मा करेलिया उपभोक्त समिती का अध्यक्ष खुसराम थारु को अध्यक्षतामा, बर्दिया राष्ट्रिय निकुञ्ज रम्मापुर सेक्टरका सहायक संरक्षण अधिकृत सन्दीप गुप्ता को प्रमुख अतिथि , विशिष्ट अतिथी रम्मापुर सेक्टरका सिनियर ग्यामस्काउट मातृका प्रसाद रिजाल, अतिथीमा चोरिशिकारी नियन्त्रण युवा परिचालन अभियान रम्मापुर का सचिव कमल खड्का रहनु भएकोे थियो ।कार्यक्रममा उपस्थिति विद्यार्थीहरुलाई CBAPU का अध्यक्ष राजेन्द्र कुमार तिवारीले स्वागत मन्तव्य दिनु भएकाे थियाे । उक्त कार्यक्रममा ३ वटा विद्यालयका ३० जना विद्यार्थी सहभागी रहेका थिए । २२ र २३ गते दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा बन जङ्गल संरक्षण र चोरी सिकार नियन्त्रण सम्बन्धि विद्यार्थीहरु सङग अन्तरक्रिया तथा छलफल गरिने करेलिया उपभोक्त समिती का सचिब लोकेन्द्र गिरिले जानकारी दिएका छन ।

107 Views
%d bloggers like this: