२१ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियामा थप २ जना गरि कोरोना संक्रमितको संख्या १ सय ९३ पुग्यो

   २४ असार २०७७, बुधबार १६:०८ प्रकाशित

मंगलबार बर्दियाका थप २ जनामा कोरोना पुष्टि भएको छ । बर्दियाको विभिन्न स्थानका क्वारेन्टिनमा बसीरहेकाहरुको स्वाँब संकलन गरि पठाइएकोमा भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा भएको परिक्षणमा थप २ जनामा संक्रमण भएको पुष्टि भएको हो । बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर ९ का २९ वर्षिय १ जना पुरुष र गुलरिया नगरपालिका वडा नम्बर १ की २३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बर्दियाका सुचना अधिकारी कृष्ण गोपाल चौधरीले जानकारी दिनु भयो ।
मंगलबार २ जना थप भए संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९३ पुगेको वहाँले बताउनु भयो । बर्दिया जिल्लाबाट पिसीआर परिक्षण गर्नका लागी परिक्षणका लागी स्वाँब संकलन गरि पठाइएका मध्ये १ सय २० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यलय बर्दियाले जनाएको छ । भेरी अस्पताल नेपालगंजमा हाल सम्म १ हजार ४ सय ६ जनाको नुमना प्राप्त भएकोमा मंगलबार सम्म १३ हजार ६ सय ५५ जनाको नमुना परिक्षण सम्पन्न भएको छ । हाल सम्म ६ सय ६८ जनामा संक्रमणको पुष्टि भएको जनाएको छ । गत ४८ घण्टामा ७ सय ५ जनाको परिक्षण गरिएको छ । गत ४८ घण्टामा गरिएको परिक्षणमा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपलागंजले जनाएको छ । मंगलबार पुष्टि भएका मध्ये सल्यानका ५ जना, दांगका ३ जना, रुकुमका ५ जना र बर्दियाका २ जना रहेका छन । बर्दिया जिल्लामा देखिएको १ सय ९३ जना मध्ये १ सय ५४ जनाले कोरोना जितेर घर फर्किसकेका छन ।

79 Views
%d bloggers like this: