बर्दियाको बढैयाताल गाउँपालिकामा सति प्रथा उन्मूलन भएको १ सयौं औ वर्षको उपलक्ष्यमा स्मरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतमको प्रमुख अतिथ्यातामा भएको कार्यक्रममा एकल महिलाको समग्र हित गर्दै संरक्षनका लागि विभिन्न कार्यक्रमहरू रहेको जानकारी गराउनु भयो । उहाँले बजेट बिनियोजन गर्ने व्यवस्था समेत गरिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै गौतमले एकल महिलालाई लिएर कुनै पनि अशोभनीय कृर्याकलाप भएको खण्डमा दोषीलाई उन्मुक्ति दिन नहुनेमा जोड दिनु भयो । एकल महिलालाई केन्द्रित गरि स्वरोजगार बनाउन सीप मुलक कार्यक्रमको प्रबन्ध मिलाउन आफूले पहल गर्दै आएको जानकारी दिनु भएको थियो।
बढैयाताल गाउँपालिका एकल महिला कि सचिव मिना थापाले एकल महिलाका सवालमा जोड दिदै छुट्टै भवन पनि निर्माण भइसकेको कार्यक्रममा जानकारी गराउनु भएको छ। एकल महिलाको न्यायमा पहुँच पुर्याउन निरन्तर लागि परेको उल्लेख गर्नु भयो । अन्तर्राकृया कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रामहरस थारुले नेपाली समाजमा बिधामान विभिन्न अन्धविश्वास, कुरीतिहरूको अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो । समाजमा एकल महिलाहरुले सीपमुलक कार्यगरि उदाह्रनिय बन्न सकिने बताउनु भयो ।