गत २४ घण्टामा भेरी अस्पताल प्रयोगशालामा गरिएको २५० जनाको परीक्षण मध्य २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। २८ जना संक्रमित मध्य १० जना बर्दिया जिल्लाको भएको जानकारी अस्पताल स्रोतले दिएको छ। राजापुर गाउँपालिकाका २ जना , गेरुवा गाउँपालिकाका २ जना, ठाकुरबाबा गाउँपालिकाका २ जना र मधुवन गाउँपालिकाका ४ जना गरि जम्मा १० जनामा संक्रमण थपिएको हो। असार मसान्तसम्म बर्दियामा १९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने आज थप १० जनामा संक्रमण पुष्टि भएसगैँ बर्दिया जिल्लामा कोरोना संक्रमितको संख्या २०९ पुगेको छ ।
67 Views