५ फाल्गुन २०८०, शनिबार

ताजा खबर

प्रभु बैंक गुलरिया शाखाकाे मालपाेत कार्यलय गुलरियामा राजस्व संकलन काउन्टर

   ११ श्रावण २०७७, आईतवार १६:४७ प्रकाशित

बर्दिया, प्रभु बैंकले मालपोत कार्यालय गुलरियामा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । आइतबार विधिवत रुपमा काउन्टरको उद्घाटन गरि संचालनमा ल्याएकोहो । मालपोतमा संकलन हुने राजश्व सेवाग्राहीहरुले सहज रुपमा तिर्न सकुन भन्ने उद्देश्यले मालपोत कार्यालयमा काउन्टर संचालनमा ल्याइएको मालपोत तथा भूमिसुधार कार्यालय गुलरियाका कार्यालय प्रमुख भिम के.सी.ले उद्धघाटन कार्यक्रमा वताए। काउन्टर खुले सँगै सेवाग्राहीहरुलाई सहजता हुने र ठाउँठाउँमा हुने आर्थिक अनियमितता रोकिने प्रमुख के.सीको भनाई छ।
प्रभु बैंकले देशभरी २ सय ८ शाखा मार्फत १४ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरेको प्रभु बैंक प्रदेश नं. ५ का प्रमुख सुभाष कुँवरले वताए। ४८ वटा विभिन्न कार्यालयहरुमा काउन्टर खोली सेवा प्रदान गरिरहेको कुँवरको भनाई छ । अत्याधुनिक प्रविधिबाट ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गरिरहेको जानकारी गराउँदै आगामी दिनमा समेत योक्रमलाई निरन्तरता दिइने प्रदेश प्रमुख कुँवरको भनाई छ । उनले १ सय ७७ स्थानमा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको समेत उद्घाटन कार्यक्रममा जानकारी गराएका छन् ।
एक्स्टेन्सन काउन्टर संचालनले पारदर्शिताको साथै कार्यालयमा हुने दैनिक कारोबारको आर्थिक रिपोटिङ्गमा सहजता पुग्ने प्रभु बैंक गुलरिया शाखाका शाखा प्रमुख संरक्षण शर्माले बताए । देशव्यापी रुपमा विभिन्न क्षेत्रमा प्रभु बैंकले यस्ता किसीमका सेवा प्रदान गरेसँगै गुलरिया मालपोत कार्यालयमा पनि शाखा विस्तार गरीएको शर्माको भनाई छ । आगामी दिनमा यसलाई थप अन्य सेवा सहित सेवा प्रदान गरिने उनको भनाई छ । मालपोत गुलरियाको एक्स्टेन्सन काउन्टरको प्रमुखमा प्रमोदराज पोखरेल रहने प्रभु बैक गुलरिया शाखाले जानकारी दिएको छ ।

118 Views
%d bloggers like this: