७ माघ २०८०, आईतवार

ताजा खबर

मन्त्रालयमा नितिगत समस्या—मन्त्री मगर

   २६ कार्तिक २०७६, मंगलवार २०:०१ प्रकाशित

मुरली गोडिया,
गुलरिया । खानेपानी तथा सरसफाई मन्त्रि विना मगरले मन्त्रालय अन्र्तगत देखिएका देशव्यापी समास्याहरु नितीगत समास्याका कारण भएको बताउनु भएको छ । देशभर संचालनमा रहेको विभिन्न खानेपानीका आयोजनाहरु अलपत्र पर्नु, निरन्तरता नपाउनु जस्ता देखिएका समास्याहरुको कारक तत्व मन्त्रालयको आफनो स्थायित्व नहुनु रहेको बताउनु भएको हो । स्थानिय स्तरमा खानेपानी तथा सरसफाईको अवस्था, खानेपानी र सरसफाईको अधिकार नितीगत अवस्था र चुनौतीहरुका सम्बन्धमा बर्दियाको गुलरियामा अयोजित एक अन्र्तक्रिया कार्यक्रममा सोमवार मन्त्री मगरले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नु भयो “ खानेपानी यस्तो मन्त्रालय हो जुन मन्त्रलाय अहिले सम्म आफ्नो ऐन बेगर संचालित मन्त्रालय हो । कहिले अवश्यकता पर्दा कुनै मन्त्रालय संग गएर गाभिने, कहिलले कुन मन्त्रालय संग गाभिने, र आफनो स्थायित्व नहुँदा पनि अयोजना अलपत्र पर्नु अयोजनालाई निकास दिन नसक्नु मेरो निष्कर्ष हो । ” मन्त्रि मगरले भन्नु भयो । उहाँले थप्नु भयो “ मन्त्रालयको अफनो रुपरेखा नभएका कारण देश व्यापीरुपमा उठेका विभिन्न समास्यालाई निकाश दिन नसकिएको हो । ”
मन्त्रि मगरले सह लगानीमा आधारित गुलरिया दोस्रो खानेपानी आयोजनाको स्थालगत निरिक्षण समेत गन”ु भएको छ । पहुँचको दृष्टिकोणले खानेपानीको व्यवस्थापकिय क्षेत्र कहिं कतै राम्रो नभएको भन्दै मन्त्रि मगर बताउनु भयो । जसले नागरिकको दैनिकीमा मानसिक तथा समाजिक विकासमा समेत असर पारी राखेको बताउनु भयो । बर्दियाका खानेपानी उपभोक्त समितिहरुले यस्ता समास्यहरु भोगी रहको उहाँले उल्लेख गर्नु भयो । खानेपानी उपभोक्ता समिती तथा यस्ता अयोजनाहरुमा देखिएका गाम्भीरियता मध्य नजर गर्दै समास्यलाई समाधान गर्न प्रदेश मातहतका खानेपानी डिभिजन कार्यलयलाई निर्देशन समेत दिनुभएको छ ।

86 Views
%d bloggers like this: