७ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियामा प्रहरी सक्रियता बढ्दो पाण्डे पुलिस अफ द मन्थ घोषित

   १२ फाल्गुन २०७६, सोमबार १७:५९ प्रकाशित

 

चन्द्र ब.वि.क
गुलरिया फागुन १२ गते
बर्दिया जिल्लामा अहिले “समुदाय प्रहरी साझेदारी” कार्यक्रम प्रभावकारी भए सँगै प्रहरी सक्रियता पनि बढ्दो क्रममा रहेको देखिन्छ । जिल्लाका विभिन्न स्थानमा प्रहरी गस्ती टोलिले चोरी निकासी, लागुऔषध ओसार पसार, वेवारिसे बस्तु बरामद र अन्य अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाउने कार्य भईरहेको छ । प्रहरी संगठनमा इमान्दारी पूर्वक कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने कार्य विगत केही महिना देखि गरिदै आएकोमा गत महिनाको मुल्यांकनमा प्रहरी निरीक्षक बसन्त पाण्डेलाई पुलिस अफ द मन्थ घोषित गरिएको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरिक्षक हिम बहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ शितलाबजार स्थित गुलरिया नेपालगंज सडक खण्डमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.७ बस्ने बर्ष २९ को मान बहादुर ठाकुरलाई संकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी निजलाई रोकी निजको शरिर खानतलासी गर्दा सेतो प्लाष्टिकमा बेरी राखेको ९ पोका र सेतो कागजमा बेरी राखेको ९ पुरिया गरी ७ ग्राम २२० मिलि ग्राम लागु औषध ब्राउनसुगर फेला पारी निजलाई पक्राउ गरी “लागु औषध ब्राउनसुगर” मुद्दामा आबश्यक अनुसन्धान भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी गराउनु भयो ।

यसै गरी गुलरिया नगरपालिका वडा नं. ११ स्थित गस्ती खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याई बेवारिसे अवस्थामा छोडिएका ब्रोईलर कुखुरा १० पिस अन्दाजी करिब ३ हजार मुल्य बराबरको फेला पारी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको हुँदा उक्त ब्रोईलर कुखुरा आबश्यक कारवाहीको लागि पशु क्वारेन्टाईनको कार्यालय गुलरिया बर्दिया पठाईएको र अन्दाजी मुल्य करिब ५० हजार रुपैयाँ बराबरको गोरु जिउ १० बेवारिसे अवस्थामा छोडिएको फेला पारी आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय बर्दिया पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

त्यसै गरी बिभागिय मुल्य मान्यता आदेश निर्देशनको पालना गरी व्यवसायिक लगनशिल र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लिन भई संगठित अपराध, अवैध हातहतियार खरखजना, चोरी, लागु औषध, तस्करी जस्ता जघन्य प्रकृतिका घटना एवंम् अपराधको गहन विश्लोषण गरी सफल अनुसन्धान तथा नियन्त्रण गरी, उच्च मनोबल, साहस र निडरका साथ अपराधिक गतिबिधीमा संलग्न अभियुक्त तथा फरार अपराधिलाइ पक्राउ गरी कानुनी दायरामा ल्याई आम नागरिक समक्ष सुरक्षाको प्रत्याभूती दिलाउनुका साथै संगठनको नीति निर्देशन अनुरुप “समुदाय प्रहरी साझेदारी” कार्यक्रममा बिशेष भुमिका निर्वाह गरी प्रहरी संगठनको छवी उच्च बनाई प्रशंसनिय कार्य गरेकोले ईलाका प्रहरी कार्यालय बग्नाह, बर्दियामा कार्यरत प्रहरी निरीक्षक पाण्डे लाई “महिनाको उत्कृष्ट प्रहरी” (पुलिस अफ द मन्थ) घोषणा गरी प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाद्धारा प्रमाण पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

78 Views
%d bloggers like this: