५ माघ २०८०, शुक्रबार

ताजा खबर

नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस

   २३ बैशाख २०७७, मंगलवार ११:४१ प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।

मङ्गलवार बिहान एउटा विज्ञप्तिमा मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका हुन्।

उनीहरू नौ देखि ५५ वर्ष उमेरका व्यक्ति छन् र सबैको स्वास्थ्य स्थिति सामान्य भएको मन्त्रालयले जनाएको छ। तीमध्ये तीन पुरुष र चार महिला छन्।

सबै जना नेपालगन्ज-८ का निवासी भएको र उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै प्रदेश नं ५ मा कोभिड-१९ गराउने कोरोनाभाइरस भएका व्यक्तिको सङ्ख्या २४ पुगेको छ।

यसअघि नेपालगन्जमा १५ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि आइतवार भएको थियो।

अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।

 

69 Views
%d bloggers like this: