नेपालगञ्ज उपमहानगरपालिकामा सेना परिचालन गरिएको छ । निषेधित क्षेत्रलाई थप कडाइ गर्न सेना परिचालन गरिएको हो । निषेधाज्ञा लागू गराउन खोज्दा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिती नियन्त्रण बाहिर जान सक्ने पूर्व आकलनलाई ध्यानमा राखेर सेना परिचालन गरिएको हो । निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुडा गरेपछि प्रहरी र व्यापारीबीच विवाद हुँदा झडप भएको थियो झडपमा परि केही स्थानीय व्यापारी र प्रहरी समेत घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा सेना परिचालन
बर्दिया न्युज,
२३ बैशाख २०७७, मंगलवार १५:३३ प्रकाशित