५ माघ २०८०, शुक्रबार

ताजा खबर

शिक्षा क्षेत्रमा सुझाव सहित माग राख्दै नगरप्रमुखलाई ध्यानाकर्षण

   २६ भाद्र २०७७, शुक्रबार ०७:५४ प्रकाशित

कोरोना महामारीका बिच शिक्षा क्षेत्रलाई व्यवस्थित तथा सुधार गर्दै विभिन्न माग सहित नगरप्रमुखलाई ध्यानाकर्षण गराइएको छ । बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुखलाई निजी तथा आबासीय बिध्यालय अर्गनाईजेसन मधुवन नगर कमिटी बर्दियाले विभिन्न माग सहित ध्यानाकर्षण गराइएको हो । नयाँ बिध्यार्थी भर्ना,अध्ययनरत बिध्यार्थीहरुको अभिलेखीकरण गरी पाठयपुस्तक लगाएत शिक्षा सामाग्रीहरु ब्यवस्थापन गर्ने बातारण यथाशिघ्र निर्माण गरिनुपर्ने , नगरपालिका भित्र कोरोना भाईरसको प्रभावको समेत अध्ययन गरी जोरबिजोर वा आलोपालो प्रणालीमा कक्षा सन्चालन गर्न पाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । कमिटीका अध्यक्ष दिल्ली लामिछाने र सचिब बिनोद चन्दद्धारा हस्ताक्षरित पत्रमा शैक्षिक सत्र २०७७ का लागी केही सार्बजनिक बिदा जाडो बिदा लगायत अन्य विदा कटौती गरी नयाँ शैक्षिक क्यालेन्डर निर्माण गर्नुपर्ने जनाइएको छ ।
मधुवन नगरपालीकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीलाई बिभिन्न माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षक , कर्मचारीलाई तलब भत्ता ब्यवस्थापन गर्न नसकिएको हुदा स्थानिय सरकारले उचित सहयोगको ब्यवस्था गर्नुपर्ने लगायत विभिन्न मागहरु उक्त ध्यानकर्षण पत्रमा भनिएको छ । बिपदको समयमा स्थानीय सरकारले मधुवनका संस्थागत बिध्यालयहरुका लागी उचित आर्थिक सहयोग र राहतको प्याकेज ल्याउनु पर्ने कमिटीका सचिब बिनोद चन्दले बताउनुभयो । नगरपालीकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले संस्थागत बिद्यालयले कोरोना रोकथामका लागी गरेको सहयोग अतुलनीय रहेको स्मरण गर्दै ध्यानाकर्षणका सम्बन्धमा कार्यपालिकाको बैठकमा छलफलका लागी राख्ने बताउनु भयो ।

147 Views
%d bloggers like this: