+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्व २४ करोड विनियोजन

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्व २४ करोड रकम विनियोजन गरेको छ।

अर्थ मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा स्वास्थ्यका विविध कार्यक्रमका लागि कुल ८६ अर्व २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन्। बजेटले यो वर्ष स्वास्थ्यमा भने खासै नयाँ कार्यक्रम समेटिएको देखिएको छैन।

औषधिको प्रयोगजनका लागि गाँजाको व्यवसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाउने, सीपमुलक र प्राविधिक शिक्षालाई विस्तारित गरिने, कक्षा १ देखि ५ सम्मको दीवा खाजा कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने, चिकित्सिा शिक्षाका लागि चक्रिय कोष स्थापना गरी सहुलियत कर्जा उपलव्ध गराईने, धनगढीमा सहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ, वीर अस्पतालमा जलनको सघन उपचार कक्ष विस्तार गरिनेछ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण गरिनेछ, सिंहदरबार बैद्यखानाको पुर्नसंरचना गरिने,  हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिने लगाएतका कार्यक्रम रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ