बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमै रहेको अवस्थामा कोरोना संक्रमणबाट युवकको निधन भएको बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ।
नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र १ महिलामा कोरोना भेटिएको भेरी अंचल अस्पतालले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परिक्षण हुनेक्रममा रहेको भेरी अंचल अस्पतालले जनाएको छ । याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३५७ जना पुगेकाे छ ।
श्राेतः स्वाथ्य तथा जनसंख्या मन्त्रालय, नेपाल