+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९९

बर्दिया न्युज
२०७७ जेष्ठ २०, मंगलवार

काठमाण्डाै – नेपालमा मङ्गलबार थप दुई सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो परीक्षणमा दुई सय ७० पुरुष र १८ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

बर्दियाको सदरमुकाम गुलरियामा ३ जना सहित नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमित देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४ , स्याङ्जाका ५, पर्वतका ५ सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्व १ नवलपरासी पश्चिमका १ नुवाकोटका २, रूपन्देहीका १० संक्रमित गरि कुल २ सय ८८ जना थपिएको जानकारी दिए।

यो सँगै नेपालमा संक्रमितको संख्या २०९९ पुगेको छ। तीमध्ये २६६ जना उपचारपछि घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ