+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

बर्दिया न्युज
२०७७ जेष्ठ २२, बिहीबार

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।

क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई पाल्पास्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो। ती पुरूषमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ