बर्दियास्थित बढैयाताल गाउँपालिका वडा न. ४ खैरेनीमा एक जना ३१ वर्षिय युवकको शव भेटिएको छ । उनी बढैयाताल – ४ मनकिनार निवासी ३१ बर्षिय रामसिंह थारू रहेको जानकारी प्राप्त भएको छ ।
गत राती बुवाकोमा जान्छु भनेर निस्केका थारु धेरै बेरसम्म घर नफर्किएपछि उनकी श्रीमतीले विहान करिब ४ बजे खोज्न जाँदा बुबाको घर नजीकैको गोठमा मृत शरीर भेटिएको बताइएको छ ।
मृ’तक थारुको शारीरबाट रग’त बगेको , घाँटीमा रसिको निसान जस्तो रहेको जानकारी मृ’तकको बहिनी गिता दहितले बताइन् ।शवको अवस्था मुल्यांकन गर्दा ह’त्या भएको आशंका स्थानीयले गरेका छन। हाल थारूको शवलाई पोष्टमार्टमको लागि लगिएको जानकारी प्राप्त भएको छ।