+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१६८ नेपाली ल्याएर युएईबाट आइपुग्यो जहाज

बर्दिया न्युज
२०७७ जेष्ठ २३, शुक्रबार

लकडाउनका कारण सयुक्त अरेब इमिरेट्स(युएई)मा रोकिएका १६८ जना नेपाली काठमाडौं आइपुगेका छन्।

नेपाली ल्याएर आएको एयर अरेबियाको जहाज शुक्रबार अपरान्ह  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमानस्थल कार्यालयका अनुसार १६८ जना वयस्क तथा एकजना बच्चा उक्त जहाजमा आएका छन्। सोही विमानमा एउटा लास पनि ल्याइएको छ।

आजै बिहान म्यानमार एयर फोर्सको जहाजले पनि २६ जना नेपालीलाई काठमाडौं ल्याइदिएको थियो।

काठमाडौं आइपुगेकाहरूलाई नेपाली सेनाले व्यवस्थापन गरेका होल्डिङ सेन्टरमा राखिनेछ।

साभारः सेताेपाटी अनलाइन

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ