+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकै दिन ३ सय २३ जनामा कोरोना संक्रमित

बर्दिया न्युज
२०७७ जेष्ठ २७, मंगलवार

मंगलबार ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार महात्तेरीमा ५० जना, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १६ र नवलपुरमा १५ जनामा संक्रमण भएको छ ।

यस्तै सल्यानमा १२ जना, नवलपरासीमा १२ जना,सिराहामा १२ जना , बाग्लुङमा ११, कपिलवस्तुमा १० जना र दार्चुलामा १० जना, बाँकेमा ९जना, डडेलधुरा ७ जना,सप्तरीमा ७ जना, दाङ्ग्मा ६ जना,सुर्खेतमा जना, मोरङमा ३ जना , जुम्लामा २ जना,नुवाकोटमा २ जनामा कोरोना संक्रमण भएको छ । भने

इलाम, सुनसरी, धादिङ, म्याग्दी, सर्लाही र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । इलाममा आज पहिलो पटक संक्रमित फेला परेका हुन् । गौतमले नयाँ संक्रमितसहित देशैभर कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ