+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस बर्षको एसइई नलिने निर्णय

बर्दिया न्युज
२०७७ जेष्ठ २८, बुधबार

यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो।

सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो। यस सम्बन्धमा विस्तृत जानकारी शिक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन मार्फत दिइने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ