+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विभिन्न माग राख्दै नेपाली कांग्रेस बर्दियाले बुझायो सरकारलाई ध्यानाकर्षण पत्र

बर्दिया न्युज
२०७७ असार ३, बुधबार

अग्र पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले विभिन्न माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको जिवनरक्षाका निम्ती विभिन्न कार्यक्रम ल्याउनु पर्ने बताएको छ । कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुको सरकारले विमा गर्न माग गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमिति बर्दियाका कार्यवाहक सभापति मिश्रीलाल यादवले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएको बताए । राहत न्यायपूर्ण ढंगबाट वितरण गर्नुपर्ने, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानका लागि विशेष कार्यायोजनासहित राहत प्याकेज घोषणा गर्नुपर्ने माग रहेको यादवले बताए । क्वारेन्टाइनको सुधार गर्नुपर्ने र पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग पनि काठमाडौं कांग्रेसले माग गरेको छ । राष्ट विपतमा रहेका बेला स्वास्थ्य सामाग्री खरिद जस्तो निरन्तर भ्रष्टाचार भइरहनु निर्लज्ताको पराकाष्ठ भएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ