बर्दिया जिल्लामा दिनप्रति दिन कोरोनाको कहर बढ्दो अवस्था छ ।बुधबार भेरी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा बर्दिया स्थित बढैयाताल गाउँपालिकामा एकै दिनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्ठि भएकामा बढैयाताल गाउँपालिका वडा न.१का १५ जना र वडा न.२का ११ जना रहेका छन् । संक्रमित भएका मध्ये केही ब्यक्ति आर.डि.टि नेगेटिभ आएर घर पठाईएको समेत जानकारी प्राप्त भएको छ। भने गाउँपालिकामा कार्यरत थप १ जना कर्मचारीलाई समेत संक्रमण पुष्ठि भएको हो। बर्दियामा यसरी तीव्र रुपमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि समुदायमा नै कोरोना फैलिएको आशंका गरिएको छ । यसैगरि बर्दिया कै राजापुर नगरपालिका मा १ जना र बासगढि नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ।