गुल्मीमा बिहीबार होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । छत्रकोट गाउँपालिका का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी गराएको हो।
प्यारालाइसिसको बिरामी रहेका उनलाई छोरी ज्वाइसँग होम क्वारेन्टाइनमा राखिएको थियो। परीक्षण गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको हो।