+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोनाको डरसंगै किसानलाई रोपाइँको चटारो

बर्दिया न्युज
२०७७ असार ७, आईतवार

कोरोनाको महामारी अनि अर्कोतिर बन्दाबन्दी तर पनि मनसुनी मौसमसँगै धान खेती गर्ने बेलापनि शुरू भएको छ। मानो खाएर मुरी फलाउने यो बेला किसान खेतमा छन । भूगोल अनुसार कतै रोपाईं भइसकेको छ, कतै धानको बीउ उखल्ने कार्य भईरहेको छ ।

विगत बर्षहरू भन्दा यस बर्ष असारको पहिलो हप्ताबाट नै बर्षा सुरु भएको छ।असारको पहिलो हप्ता सकिनै लाग्दा बर्दिया स्थित विभिन्न स्थानमा धान रोपाई सुरु भैसकेको छ |कोरोना संक्रमणकै बिच किसानहरु वर्षभरिको खाद्यान्न जोहो गर्नका लागि आ-अफ्नो खेतबारीमा धान रोपाइँमा ब्यस्त देखिन्छन् ।उचित सावधानी अपनाई आत्मनिर्भर बन्न धान रोपौ कहिँ कतै बाझो नराखौ भन्ने उद्देश्य लिई किसानहरु धान रोपाइँमा अग्रसर भएका हुन।

धान रोपाइँ गर्दै गरेका सुखानी चौधरीले कोरोनाको भयभन्दा अब भोकले मरिने बेला आयो,अब डर होईन भोकबाट बच्नु पर्ने भन्दै रोपाइँ गर्नु परेको बताइन। कोरोनाको डरभन्दा यतिबेला बर्दियाका किसानहरुलाई रोपाइँको चिन्ता भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ